aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

ललितपुरका मेयरलाई मार्छु भनी अन्तर्वाता दिने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ भदौ २०७७
ललितपुरका मेयरलाई मार्छु भनी अन्तर्वाता दिने पक्राउ

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा भिडलाई उत्तेजित पारी ललितपुर महानगरपालिकाका मेयरलाई ज्यान मारिदिने धम्कीसहितको अन्तर्वाता दिएको अभियोगमा ललितपुर महानगरपालिका१३ कुसुन्ती बस्ने ४३ वर्षीय संजय शाक्यलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

गत बिहीबार ललितपुर पुल्चोकमा भएको घटना सम्बन्धमा ढुङगामुढा गर्ने, उपस्थित भिडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरलाई समेत भनी सार्वजनिक रुपमा अन्तर्वाता दिने व्यक्तिको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले शाक्यलाई उनकै घर ठेगानाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइको उक्त महाशाखाले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस