काठमाडौं । काठमाडौंको बुद्धनगरमा रहेको एक सैलुनका सञ्चालक मृत भेटिएका छन् । बुद्धनगरस्थित न्यु मनोकामना हेयर ड्रेसर सैलुनका सञ्चालक अन्दाजी ३५ वर्षका अशोक ठाकुर मृत भेटिएका हुन् ।
महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार आधा सटर खुलेको अवस्थामा ठाकुरलाई ढलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको मुखबाट रगत आएको भए पनि प्रारम्भिक अनुसन्धानबाट संकास्पद अवस्था नदेखिएको प्रहरीको भनाई छ । उनको शव पोस्टमार्टमका लागि भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पताल लगिएको छ । पोस्टमार्टम रिपोर्टपछि नै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।
बाराको निजगढ नगरपालिका वडा नम्बर ८ घर भएका ठाकुरले करिब १० वर्षदेखि उक्त सैलुन सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस