
एजेन्सी । दिल्ली र बेइजिङबीच तनाव बढिरहेका बेला गत साता चिनियाँ सेनाले सीमावर्ती भारतीय राज्यबाट पाँचजना नागरिकहरूलाई कब्जामा लिएको विवरण आएको छ। दुई दिनअघि अरुणाञ्चल प्रदेशका एकजना सांसदले ट्वीट गर्दै पहिलो पटक त्यस्तो आरोप लगाएका थिए।
त्यसपछि एक भारतीय मन्त्रीले चिनियाँ सेनालाई हटलाइन सन्देश पठाइएको बताएका बीबीस्ीले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले घटनाबारे जानकार नरहेको प्रतिक्रिया दिएका छन्। तर यो घटनाले दुई देशबीच तनाव थप बढ्नसक्ने ठानिएको छ।
सांसद तापिर गाओले ट्वीट गर्दै सेप्टेम्बर ३ मा सीमाक्षेत्र नजिकै पाँच नागरिकको अपहरण भएको आरोप लगाएका हुन्। उनले त्यसबारे थप विवरण दिएका छैनन्। एक पत्रकारले मन्त्री किरण रिज्जुलाई उक्त ट्वीटबारे सोधेपछि उनले भारतीय सेनाले उक्त घटनाबारे चिनियाँ पक्षको जबाफ पर्खिरहेको बताए।
भारतले चीनले सीमाक्षेत्रमा सैन्य तनावका लागि उक्साउने काम गरिरहेको आरोप लगाएको छ। भारतले अगस्टको पहिलो सातामा दुई पटक यस्तो आरोप लगाएको हो। तर चीनले ती दुवै आरोपलाई अस्वीकार गरेको छ।
प्रतिक्रिया दिनुहोस