aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

कोरोनाबाट मृत्यु हुनेको मृगौला झिकिन्छ भन्दै भ्रम फैलाउने एक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ भदौ २०७७
कोरोनाबाट मृत्यु हुनेको मृगौला झिकिन्छ भन्दै भ्रम फैलाउने एक पक्राउ

काठमाडौं । युट्युब च्यानल मार्फत कोरोना भाइरस संक्रमण बारे अफवाह फैलाई सार्वजनिक शान्ति भंग गरेको अभियोगमा अन्तिम विकल्प प्रा.लि.का संचालक ललितपुर महानगरपालिका १४ नक्खिपोट बस्ने तेह्रथुम घर भएका ५१ वर्षीय सुबास सुब्बा लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।   

युट्युब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन सरकारले हावा पिटेको भन्दै कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु (किडनी, आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेकोले सडकमा आन्दोलन गर्न सबै आउनु पर्दछ भन्ने जस्ता उत्तेजना फैलाउने, आम सर्वसाधारणलाई दिगभ्रमित गराउने, विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई सार्वजनिक शान्ति भंग गर्ने कार्यमा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर नक्खिपोटबाट पक्राउ गरेको हो ।  

लिम्बुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस