aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

‘सरकार, भोको पेटले कति दिन धान्न सकिन्छ र ?’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ भदौ २०७७
‘सरकार, भोको पेटले कति दिन धान्न सकिन्छ र ?’

काठमाडौं । नेपाल राष्ट्रिय व्यावसायीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको ४ महिना लामो पूर्ण लकडाउन र भदौदेखिको जारी निशेषाज्ञाका कारण उद्योग व्यावसायहरु धरायसी बनेको जनाएको छ । सोमबार महासंघले एक विज्ञेप्ती जारी गर्दै सरकारले लकडाउन थप्दै जाने र उद्योग व्यावसायीलाई परेको अफ्ठारोको वेवास्ता गर्ने गरेको जनाएको हो । 

विज्ञेप्तीमा भनिएको छ, ‘संक्रमण फैलिन नदिन सरकारले गरेको ४ महिना लामो पूर्ण लकडाउन र भदौदेखिको जारी निशेषाज्ञाका कारण उद्योग व्यावसायहरु धरायसी बनेको छ । सरकारले लकडाउन थप्दै जाने र उद्योग व्यावसायीलाई परेको अफ्ठारोको वेवास्ता गर्ने गरेको छ । भोको पेटले कति दिन धान्न सकिन्छ र ?’  

त्यस्तै, व्यावसायीले लकडाउन र निशेषाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्था समेतको ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने, व्यावसायीक घरभाडा मिनाहा गर्नुपर्ने, कोरोनाबाट प्रभावित उद्योग व्यापारी बचाउनका लागि ५ प्रतिशत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराउनु पर्ने, एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनरहरु तुरुन्तै ल्याउन पहल गर्नुपर्ने र निजी क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गर्दै साना तथा मझौला उद्योग व्यावसायीहरुको समेत सहभागीतामा सरकारले समिति गठन गर्नुपर्ने माग गरेका छन् ।  


 

प्रतिक्रिया दिनुहोस