aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

७८ लाख धरौटी बुझाएर छुटे लम्बोदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ जेठ २०७६
७८ लाख धरौटी बुझाएर छुटे लम्बोदर

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने लम्बोदर न्यौपानेलाई ७८ लाख रुपैयाँ धरौटी राखी तारेखमा बस्न आदेश गरेको छ ।

विशेष अदालतबाट आदेश भएको एक घण्टाभित्रै न्यौपानेले प्राइम बैंकबाट ७८ लाख रुपैयाँ बैंक ग्यारेन्टी धरौटी बुझाएर तारेखमा बसेका हुन् । न्यौपाने नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका सञ्चालन समिति अध्यक्ष हुन् । 

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान जोशी, प्रमोदकुमार श्रेष्ठ, वैद्यको इजलासले थुनछेक बहसपछि न्यौपानेलाई मंगलबार धरौटी तिरी तारेखमा बस्ने आदेश गरेको हो ।

२० दिनअघि राजनारायण पाठकलाई पनि अदालतलाई ७८ लाख धरौटी बुझाउन आदेश गरेको थियो । पाठकले पनि अदालतो आदेश भएको एक घण्टामै ७८ लाख रुपैयाँ बुझाएर धरौटीमा बसेका थिए । आजको नागरिक दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस