aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

कास्की काँग्रेसद्धारा भाडा छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
कास्की काँग्रेसद्धारा भाडा छुट

कास्की । नेपाली काँग्रेस कास्कीले पोखराको चिप्लेढुङ्गास्थित जय नेपाल मिनी मार्केटमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई वैशाख र जेठ महिनाको भाडा छुट दिने निर्णय गररेको छ ।

कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र नगरसभापतिको आज सम्पन्न संयुक्त बैठकले आर्थिक सङ्कटका बेला व्यवसायीलाई राहत पुगोस् भन्ने उद्देश्यले पार्टीको स्वामित्वका मार्केटभित्रका १४ वटा सटरको दुई महिनाको भाडा छुट दिने निर्णय गरेको हो ।

 बैठकले पार्टीका संस्थापक बिपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा बाढिपहिरोमा मृत्यु भएकाको परिवारलाई सहयोग गर्ने कार्यक्रम तय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस