एजेन्सी । भारत सरकारले जीडीपीमा एक ठूलो गिरावट भइरहेको छ । तर, यहि अवधिमा विदेशी विनिमय सञ्चयमा भने रेकर्ड कामय भइरहेको छ । अगष्टको अन्तिम सातामा विदेशी विनिमय सञ्चय ५४१.४३ अर्ब डलर पुगेको छ ।
तथ्यांका अनुसार यहि हप्तामात्रै पनि ३.८८ बिलियन डलर .विदेशी मुद्रा सञ्चिती बढेको छ । यसअघि अगस्ट २१ को अन्तिम हप्ता विदेशी मुद्रा सञ्चिती ५३७.५४८ विलियन डलर थियो ।
यस वर्ष जूनमा पहिलो पटक विदेशी विनिमय सञ्चय ५०० अर्ब डलर नाघेर ५०१.७ अर्ब डलर पुगेको थियो । एउटा समय थियो भारतले आर्थिक संकटबाट बाहिर निस्कन सन १९९१ सुनलाई धरौटी राखेर रकम लिएको थियो । त्यस बेला विदेशी मुद्राको सञ्चित ५.८ बिलियन डलर मात्र थियो ।
भारतीय केन्द्रीय बैंक रिजर्व अफ इण्डियाका अनुसार आर्थिक वर्ष २०१९( २० मा वैदेशिक मुद्रा सञ्चिति ६४.९अर्ब डलरले वृद्धि भएको छ । जबकि आर्थिक वर्ष २०१८( १९ ११.७ अर्ब डलरले कमी आएको थियो । अहिले अन्य ठूला देशहरुको भन्दा पनि भारतको विदेशी विनिमय सञ्चय धेरै देखिएको छ ।
विदेशी विनिमय सञ्चितिको बृद्धि कुनै पनि देशको अर्थतन्त्रका लागि राम्रो मानिन्छ । विदेशी मुद्रामा मुख्य रुपमा अमेरिकी डलर सञ्चित भएमा अझ राम्रो मानिन्छ । विश्वभरी व्यापार डलर मार्फत गरिन्छ । अहिलेको भारतसँग रहेको विदेशी विनिमय मुद्रा सञ्चितिले साढे दुई बर्षभन्दा बढीका लागि भारतमा सामान आयात गर्न पुग्छ ।
प्रतिक्रिया दिनुहोस