aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

घट्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३ सय निर्धारण गरिएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३२० मा कारोबार भएकोमा आज तोलामा १० रुपैयाँले घटेर १३१० कायम भएको महासंघले जनाएको छ ।     

प्रतिक्रिया दिनुहोस