aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

ब्यालेन्सड् फण्ड र ग्रोथ फण्डको प्रतिफल सुरक्षित गर्नुभयो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
ब्यालेन्सड् फण्ड र ग्रोथ फण्डको प्रतिफल सुरक्षित गर्नुभयो ?

काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको प्रस्तावित प्रतिफल सुरक्षित गर्ने भदौ २४ गते अन्तिम दिन रहेको छ । 

दुवै योजनाले भदौ २५ गते प्रतिफल प्रयोजनका लागि बुक क्लोज गर्ने भएकाले भदौ २४ गतेसम्म इकाई कायम गर्नुपर्ने भएको हो । 

आर्थिक वर्ष २०७६÷७७ को प्रतिफल दुवै योजनाले साउन २७ गते सार्वजनिक गरेका थिए । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको साउन २६ गतेको सञ्चालक समितिको बैठकले एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुलाई कर सहित १२ प्रतिशत र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई कर सहित ८ प्रतिशत प्रतिफल दिने निर्णय गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस