चितवन । भरतपुर महानगरपालिका१ पोखरा बसपार्कस्थित हरि जिसीको घरमा तास खेलिरहेका सोही नगरपालिका–२ बस्ने ४७ वर्षीय रोम बहादुर कोईराला लगायत १६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद ४४ हजार र ३ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस