
काठमाडौं/एजेन्सी । आफ्नो माया पाउनका लागि पागल प्रेमि÷प्रेमिकाहरुको के–केसम्म गर्नसक्छन् भन्ने कुरा हामीले धेरै सुन्दै आएका छौं । यस्तै एउटा घटना सार्वजनिक भएको छ, हाम्रो छिमेकी मुलुक भारतको रोहिणीको विजय विहार इलाकामा । जहाँ चार–चार वटा सन्तानकी आमालाई विहे गर्नकै लागि प्रेमीले उनै प्रेमिकाकी ९ वर्षीया छोरीलाई अपहरण गरेका छन् । तर, २४ घण्टा नवित्दै उनी प्रहरीको फन्दामा परे ।
यस्तो छ वास्तविक घटना
दिल्लीको विजय विहारमा रहँदै आएका कमलेश आफ्नो भन्दा बढी उमेरकी चार–चार वटा सन्तनकी आमालाई आफ्नो प्रेममा फसाए । त्यसैगरी उनीहरुको माया फैलिदै गइरहेको थियो । केही महिनापछि कमलेशले ती चार सन्तानकी आमालाई आफ्नो श्रीमतीको रुपमा विवाह गर्न दबाब दिन सुरु गरे । सायद ती महिला भने कमलेशसँग विवाह गर्न चाहदैनथे ।
यसै कारण ती महिला आफूसँग विहे गर्न बाध्य गराउनका लागि २८ वर्षीय कमलेशले उनकी ९ वर्षीया छोरीलाई अपहरण गरे । प्रहरीका अनुसार गत २ जुनको बेलुका ती बालिका हराइरहेकी सूचना प्राप्त भएको थियो ।
पीडित बालिकाकी आमा र उनकी दाई र बहिनीहरुको साथमा बुध विहार इलाकामा रहँदै आएकी छन् । उनीहरुको आर्थिक स्थिति निकै कमजोर भएको प्रहरीको भनाइ छ । यसैबीच ९ वर्षीया छोरीको अपहरण गर्नु पैसाको लागि नभई अरुनै भएको आँकलन गरिएको थियो । सीसी टिभीको फुटेजको आधारमा अपहरणकारीलाई पत्ता लगाइएको थियो ।
ती कमलेशले राजमिस्त्रीको काम गर्दै आएका थिए । उनी केही महिना पहिले ती महिलाको घरको छत मर्मत सम्भार गर्नका लागि आएका थिए । सोही समयदेखि उनीहरुको सम्बन्ध नजिकिएको थियो । यसरी नै उनीहरुको गहिरो माया बस्न गएको आँकलन गरिएको छ ।
त्यसैकारण ती महिलालाई आफूसँग विहे गर्न बाध्य गराउनका लागि कमलेशले उनकी ९ वर्षीया छोरीलाई अपहरण गरेको बुझिएको छ । यसरी अपहरण गरेपछि कमलेशले ती बालिकालाई लिएर ट्रेन मार्फत आफ्नो घर युपी पुगेका थिए ।
तर, त्यहाँ पुग्नै वित्तिकै प्रहरीले उनलाई पक्राउ गरेको छ । ती बालिकाको अवस्था ठीक भएको प्रहरीले जनाएको छ । कमलेशलाई अदालतमा पेश गरेर जेल पठाइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस