aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

एजेन्सी । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेको छ। भारतिय सञरमाध्यमका अनुसार मंगलबार उनलाई एनसिपीको टोलीले पक्राउ गरेको हो । 

उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो। उनले सुशान्तलाई लागु औषध दिएको आरोप पनि छ ।चक्रवर्तीको आजै मेडिकल जाँच समेत हुनेछ। 

यसअघि उनीसँग तीन पटकसम्म सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उनले आफू पनि ड्रग्स प्रयोग गर्दै आएको बयान दिएकी थिइन्। सोही बयानका आधारमा उनलाई पक्राउ गरेको हो। 

एनसीबीले ड्रग्स प्रयोग गर्ने २५ बलिउडकर्मीको लिस्ट तयार पारेको छ। यसअघि उनका भाई शौविकलाई पनि एनसीबीले पक्राउ गरेको थियो।

उनले रियालाई ड्रग्स किनेर दिने गरेको बयान दिएका थिए। सोही आधारमा एनसीबीले रियामाथि अनुसन्धान थालेको थियो। त्यस्तै सुशान्तका पूर्व सहयोगसहित ७ जनालाई समेत पक्राउ गरेको छ।

सुशान्तले १४ जुनमा आत्महत्या गरेको थिए। उनको आत्महत्याको कारण ड्रग्स प्रयोग गर्नु रहेको भन्दै एनसीबीले छानबिन थालेको हो।

प्रतिक्रिया दिनुहोस