aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

अम्बानी ग्रुपमा ३ महिनामा खर्बौ लगानी भित्रियो, विश्वका १३ ठूला कम्पनीको लगानी भारतमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
अम्बानी ग्रुपमा ३ महिनामा खर्बौ लगानी भित्रियो, विश्वका १३ ठूला कम्पनीको लगानी भारतमा

एजेन्सी । कोरोना संक्रमणका बेलामा पनि रिलायन्स जिओले एकपछि अर्को लगानीकर्ता पाइरहेको छ । रिलायन्सको लगानीकर्ता अमेरिकी इक्विटी फर्म(केकेआर) र सोशल साइट फेसबुक सामेल छन । अब यी दुबै फर्महरू ( केकेआर र फेसबुकले रिलायन्स रिटेलमा लगानी गर्न तयारी गरिरहेका छन् । 

फ्यूचर ग्रुपको रिटेल व्यवसायको अधिग्रहणपछि अमेरिकी कम्पनीहरूले रिलायन्स रिटेलमा लगानी गर्ने जनाएका छन । रिलायन्स रिटेल भेन्चर्स लिमिटेड (आरआरवीएल) रिलायन्स ईन्डस्ट्रीजको सहायक कम्पनीले खुद्रा र थोक व्यापार, रसद र गोदाम कारोबार गर्न थाल्दै छ । इजीडे र एफबीबी मार्फत १८०० भन्दा बढी स्टोरमा पुग्ने लक्ष रहेको छ ।  रिलायन्स फ्यूचर ग्रुपलाई देशका ४२० शहरहरूमा फैलिएको छ । यसको सम्झौता २४७१३ करोड भारुमा फाइनल भएको छ ।

अमेरिकी निजी इक्विटी कम्पनी सिल्वर लेक पार्टनर्स रिलायन्स रिटेलमा १ अर्ब डलर लगानी गर्ने बताइएको छ ।   लन्डनको अखबार फाइनान्सियल टाइम्सका अनुसार यस लगानीका लागि दुई समूहबीच छलफल चलिरहेको छ र रिलायन्स रिटेलको मूल्यांकन ५७ अर्ब डलर हुन सक्नेछ ।

अमेरिकी इक्विटी फर्म केकेआरले जियो प्लेटफार्ममा १.५ अर्ब डलर लगानी गरेको छ । यसैबीच, फेसबुकले जियो प्लेटफर्ममा करीव ४५ हजार करोड भारुको लगानी गरेर १० प्रतिशत हिस्सा लिएको छ । 

लकडाउनको क्रममा करीव ३ महिना भित्र रिलायन्सले आफ्नो सहयोगी कम्पनी जियो प्लेटफार्मको लागि विश्वभरीबाट १३ लगानीकर्ताहरूबाट करिब १.५२ लाख करोड रुपैयाँ भारुको लगानी ल्याउन सफल भएको छ । ३ महिनामा जीओ प्लेटफर्ममा लगानी गर्ने कम्पनीहरूले फेसबुक, गुगल, सिल्वर लेक, भिस्टा इक्विटी पार्टनर्स, जनरल अटलान्टिक, केकेआर, मुवाडला, एडीआईए, एल क्याटेरटन, टीपीजी, पीआइएफ, क्वालकाँम र इन्टेलले लगानी गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस