aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कोरोना खोप आउन ढिलाई हुने, अक्सफोर्डको भ्याक्सिनको ट्रायल रोकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ भदौ २०७७
कोरोना खोप आउन ढिलाई हुने, अक्सफोर्डको भ्याक्सिनको ट्रायल रोकियो

एजेन्सी। कोरोनाविरुद्धको भ्याक्सिनमा सफलता हासिल गर्न लागेको भनेको बेलायतको अक्सफोर्ड युनिभर्सिटीले बनाएको भ्याक्सिनको ट्रायल रोकिएको छ । हाल तेस्रो चरणको ट्रायल जारी रहेको बेला भ्याक्सिन लिएका एक स्वयंसेवक विरामी भएपछि ट्रायल रोकिए सँगै खोप आउने समय लम्बिएको छ।

एस्ट्राजेनेका र अक्सफोर्डले स्वयंसेवक विरामी भएपछि ट्रायल रोकेको बिबिसीले जनाएको छ । एस्ट्राजेनेकाले यो नियमित रोकावट नै भएको बताएको छ । परिक्षणमा सामेल भएको व्यक्ति विरामी भएको कारण बारे अझै यकिन हुन नसकेको एस्ट्राजेनेकाले बताएको छ ।

विश्वमा अहिले ११ ठाउमा कोरोनाविरुद्धको भ्याक्सिनहरुको क्लिनिकल ट्रायल भइरहेकोमा एस्ट्राजेनेका र अक्सफोर्डको यो भ्याक्सिन सबै भन्दा अगाडी रहेको बताइदै आएको छ । यस भ्याक्सिनको तेस्रो चरणको यो ट्रायलमा ३० हजार स्वयंसेवक सामेल भएको भएपनि अहिले ट्रायल रोकिएको बताइएको छ ।

अब यस प्रकरणमा स्वत्रन्त्र जाँच हुने र सुरक्षाका मापदण्डको समिक्षा हुने र स्वयंसेवक विरामी भएको कारण पत्ता लगाइने बिबिसीले उल्लेख गरेको छ ।

अक्सोर्ड युनिभर्सिटीका प्रवक्ताले यति ठुलो ट्रायलमा विरामी हुने सम्भावना रहन्छ तर अब यसलाई विशेष ध्यान दिएर जाँच गर्ने र यसको स्वतन्त्र रुपमा समिक्षा जरुरी रहेको बताएका छन् । वैज्ञानिकहरुले यति ठुलो ट्रायलमा विरामी हुनुलाई सामान्य रुपमा लिनुपर्ने भन्दै यसको कारण पत्ता लगाउन भने निकै महत्वपूर्ण भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस