aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

उच्च रक्तचापमा खानामा के के हुनुपर्ला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ भदौ २०७७
उच्च रक्तचापमा खानामा के के हुनुपर्ला ?

एजेन्सी । हाइपरनेन्सन वा उच्च रक्तचाप हृदयसँग जोडिएको गम्भिर रोग हो। हेल्थलाइन रिपोर्टका अनुसार विश्वभरि एक अर्बभन्दा बढी मानिस उच्च रक्तचापको शिकार भएका छन्। जसको मुख्य कारण खानपानका कारण उच्च रक्तचाप निम्त्याइरहेको छ । उच्च रक्तचाप दुई प्रकार छन् । पहिलो सिस्टोलिक रक्तचाप, जुन १३० मिमी एचजीभन्दा बढी हुन्छ । यो धेरै भयो भने यसले बिरामीको जीवनलाई जोखिममा पार्न सक्छ । दोस्रो, डिस्टोलिक रक्तचाप जुन ८० मिमी एचजीभन्दा कम छ भने पनि चिन्ताजनक हुन्छ ।

उच्च रक्तचापमा खाना के हुनुपर्ला ?

धेरै मानिसहरू रक्तचाप नियन्त्रण गर्न औषधीहरूको सहारा लिन्छन् । तर, स्वास्थ्य विशेषज्ञहरुका अनुसार प्राकृतिक आहारभन्दा रक्तचाप नियन्त्रण गर्न राम्रो विकल्प अन्य नभएको मान्दछन् । १० वटा त्यस्तै चीजहरू छन् । जसले उच्च रक्तचापको जोखिम कम गर्न सक्छन । 
 
सिट्रस फल
कागती, सुन्तला र अंगुर जस्ता अमिला फलपूmलमा रक्तचाप नियन्त्रण गर्न अतुलनीय क्षमता हुन्छ ।  धेरै भिटामिन र खनिजहरूमा धनी यी फलहरूले हृदय रोगहरूको जोखिम कम गर्दछन् । केही अध्ययनका अनुसार रक्तचापको जोखिम सुन्तला र अंगूरको रसले रोक्न सकिन्छ । 

साल्मन माछा
ओमेगा ३ फ्याट्टी एसिडहरू मुटु स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ । शरीरलाई चाहिने ओमेगा ३ का लागि सामन भन्दा राम्रो कुरा अरू छैन । यसमा रहेको बोसोले शरीरमा रक्तचाप मात्र नियन्त्रण गर्दैन यसले रक्त कोषहरू र ईन्फ्लेमेन्टलाई पनि असर गर्दछ । 

फर्सीको बिउ

म्याग्नेशियम, पोटेशियम, आर्जिनिन र अमीनो एसिडयुक्त फलहरु पनि हाम्रो स्वास्थ्यको लागि राम्रो हुन्छन् । फर्सीको दानाबाट बनेको औषधिय तेल उच्च रक्तचापका बिरामीका लागि धेरै राम्रो मानिन्छ । २३ जना महिलामा गरिएको एक अनुसन्धानमा ३ ग्राम तेलको सेवनले उनीहरुको उच्च रक्तचापको समस्यालाई रोक्न सहयोग गरेको थियो । 

गेडागुडी

फलफूलका तरकारीहरूमा पाइने पौष्टिक तत्वहरूले शरीरमा रगत प्रवाहलाई राम्रोसँग मिलाउन सहयोग गर्दछ । यसमा पाइने फाइबर, म्याग्नीशियम र पोटेशियम मुटुको स्वास्थ्यको लागि राम्रो मानिन्छ । स्वास्थ्य विज्ञहरूका अनुसा दाल र फलफूलका तरकारीहरू खाँदा रक्तचाप हुन्दैन ।

स्ट्रोबेरी

स्ट्रोबेरीमा पाइने एन्थोसाइनिन भनिने एन्टि-ओक्सिडन्टहरू बहुमूल्य बस्तु हुन् । यसले उच्च रक्तचाप जस्ता गम्भीर रोगहरूबाट बचाउन सक्छ । एन्थोसाइनिनमा पाइने नाइट्रिक अक्साइडले रक्त सञ्चारमा गाह्रो पार्ने अणुहरूको उत्पादन घटाउँछ र रक्तचापको स्तर नियन्त्रणमा ल्याउँछ । 

लट्टे वा रामदाना

सम्पूर्ण खाद्यन्य जस्तै लट्टे (रामदाना) खानाले उच्च रक्तचापको स्तर कम गर्न सक्छ । अध्ययनका अनुसार स्वस्थ्य आहारमा चाहिने पौष्टिक तत्वपुर्याएर खाना खानाले उच्च रक्तचापको खतरा कम गर्न सकिन्छ । एक कप आमरन्थ (२४६ ग्राम) ले शरीरमा दैनिक ३८ प्रतिशत म्याग्नेशियमको आवश्यकता पूरा गर्न सक्छ ।

पिस्ता

फाइबर, प्रोटीन, भिटामिन सी, जिंक, कपर, पोटेशियम, फलाम, क्याल्सियम र अन्य धेरै आवश्यक गुणहरूले भरिएको स्वास्थ्यको अति आवश्यक बस्तु हो ।  २१ वटा अनुसन्धानले निकालेको निष्कर्षमा भनिएको छ पिस्ता सजिलैसँग एकैपटक उच्च रक्तचाप र कम रक्तचाप दुवै सन्तुलन गर्न सक्छ । 

गाजर

केही व्यक्ति गाजरलाई बिहानको खानामा समावेश गर्न कहिल्यै बिर्सदैनन् । गाजर धेरै फेनोलिक कम्पाण्ड जस्ता क्लोरोजेनिक, पी(कुमेरिक र क्याफिक एसिडहरू पाइन्छ । यी न केवल सुनिन्ने र चच्च रक्तचाप     लागि राम्रो हो साथै कम रक्तचापको समस्यालाई पनि यसले नियन्त्रण गर्न सक्छ । 

ब्रो​काउली

ब्रोकलीमा पाइने एन्टी-अ‘ाक्सीडन्टले कम र उच्च रक्तचापको खतरा कम गर्न सक्छ । करीव दुई लाख मानिसहरुमा गरिएको अनुसन्धानका अनुसार जो मानिसहरुमा हप्तामा चार चम्मा ब्रोक्ली खाने र महिनामा एक चम्चा खानेमा हप्तामा एक चम्चा खानेहरुको रक्तचाप कम भयो । 

पालुंगो
पालुंगोमा रहेको पोटाशियम, क्याल्शियम, म्याग्नीशियम र नाइट्रेट्स स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक हुन्छन् ।  एक अनुसन्धानका अनुसार हप्तामा दैनिक पालुंगो सूप पिउनेहरूमा उच्च र कम रक्तचापको खतरा कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस