काठमाडौं । फिल्म निर्देशक छेतेन गुरुङको निधन भएको छ। गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। गुरुङको कलेजोमा समस्या थियो। छेतेन फिल्म निर्देशक एवं लेखक समेत हुन्।
उनी निर्देशित फिल्म 'प्रेम गीत ३' प्रदर्शनको तयारीमा छ। फिल्मको निर्माण कम्पनी आसुसेन फिल्मले आधिकारिक फेसबुक पेजमार्फत् उनको मृत्युको जानकारी दिएको छ।
'डमरुको डन्डी बियो'मार्फत् निर्देशन सुरु गरेका छेतेनले ‘नोभेम्बर रेन', 'क्लासिक', 'डायरी' 'ए मेरो हजुर ३’ जस्ता फिल्म लेखेका छन्। उनको निर्देशन रहने गरी फिल्म ‘हुतुतु’को घोषणा भएको थियो।
प्रतिक्रिया दिनुहोस