एजेन्सी । रिलायन्स इन्डस्ट्रीजको शेयरले लगानीकर्तालाई ठूलो मुनाफा दिएको छ । ६ महिनाभन्दा कम समयमा रिलायन्सको शेयर ९०८ देखि २१०० रुपैयाँमा पुगेको छ । तर के त्यहाँ अझै पनि लगानी गर्ने अवसर छ ।
एक हप्तामा रिलायन्सको शेयर लगभग एक प्रतिशत बढेको छ । बुधवार रिलायन्सको शेयर २१२२ रुपैयाँ बराबर छ र यसको बजार पुँजी १३.४५ लाख करोड पुगेको छ । रिफाइनिंग, पेट्रोकेमिकल्स, रिटेल टेलिकमको कारोबारमा उच्च विन्दुमा पुगको रिलायन्स इडस्ट्रिज लगातार सफलता पाइरहेको छ । यस कम्पनीको धितोपत्र लामो समयका लागि र छोटो अवधिका लागि पनि लगानीकर्ताको छनोटमा परेको छ । अधिकांश विश्लेषकहरूले यस कम्पनीको शेयर किन्न सल्लाह दिएका छन् ।
लकडाउनको बीचमा अधिकांश कम्पनीहरूको अबस्था कमजोर छ । गएको छ महिनामा रिलायन्स समूहका कम्पनीहरूमा लगानीको प्रतिस्पर्धा भएको छ । यस कम्पनीमा विदेशी दर्जनौंभन्दा बढी विदेशी कम्पनीले रिलायन्स समूहको कम्पनी जियो प्लेटफार्ममा १.६५ लाख करोड भारुको लगानी आएको छ ।
प्रतिक्रिया दिनुहोस