aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

जन्मदिन मनाउने नयाँ तरिका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ भदौ २०७७
जन्मदिन मनाउने नयाँ तरिका

काठमाडौं  । फजुल खर्च र तामझाम गरेर मनाइने गरिने जन्मदिनको पार्टी एक व्यवसायीले भने भोकाएकाहरुलाई खाना खुवाएर मनाएका छन् ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले आफ्नो जन्मदिनको अवसरमा जय महांकाल युवा समूह मार्फत सय जनालाई बिहान र साँझ निःशुल्क खाना खुवाएर मनाएका हुन् । 

कोरोना संक्रमणका कारण बेरोजगार भई भोकभोकै बस्न बाध्य भएकाहरुलाई अध्यक्ष कटुवालले निःशुल्क खाना खुवाएको हुन् ।  

त्यसैगरी जन्मदिनकै अवसरमा उनको पुर्खौली थलो संखुवासभा स्थित प्रहरी कार्यालय, अस्पताल र नेपाली सेनालाई कोरोनाबाट बँच्न प्रयोग गरिने पेडल सेनिटाइजर स्टाण्डहरु स्थानीय समाजसेबी बबिता कटुवाल मार्फत  हस्तान्तरण गरेका छन् ।  

त्यस्तै, भक्तपुरको दधिकोट स्थित ॐ शान्ती केन्द्रलाई समेत पेडल सेनिटाइजर स्टाण्ड निःशुल्क बितरण गरेको कटुवालले बताए । 

उनी आगामी दिनमा पनि आफुले सक्ने सहयोग गर्ने बताउँछन् ।
 

प्रतिक्रिया दिनुहोस