aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ भदौ २०७७
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

भरतपुर । नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । उक्त सडकखण्डमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् ।

दुईवटा रुखसहित खसेको पहिराले दुई घण्टा सडक अवरुद्ध बनेको थियो । आज बिहान परेको मुसलधारे पानीले सो सडकखण्डअन्तर्गत अन्य क्षेत्रमा पनि लेदो झरेको र त्यो सफा गर्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस