aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ भदौ २०७७
धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । धादिङ जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार ३ बजेर ४८ मिनेटमा ४ म्याग्‍निच्यूडको भूकम्पको धक्का महसुस भएको हो।

यो भूकम्पको सदरमुकामस्थित नीलकण्ठ नगरपालिका नजिकै केन्द्रबिन्दु पाइएको छ। भूकम्पको धक्का काठमाडौंको पश्‍चिमी क्षेत्र, गोरखा, नुवाकोटसहितका जिल्लामा महसुस भएको छ। यो २०७२ सालको गोरखा भूकम्पको परकम्प भएको पनि केन्द्रको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस