
काठमाडौं । तीनवटै यातायात व्यवसायी ट्रेड युनियन महासंघले असोज १ गतेदेखि सार्वजनिक यातायात चलाउने निर्णय गरेका छन् । महासंघले असोज १ गते बिहान विश्वकर्माको पूजा गरेर दिउँसोदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले जानकारी दिए ।
‘असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्नका लागि भोलि बिहीबार हामी सरकारलाई ज्ञापन पत्र बुझाउँदैछौं,’ उनले भने ‘ ६ महिनादेखि सार्वजनिक यातायात बन्द हुँदा मजदुर भोकभोकै मर्न लागिसके ।’ ‘कि सरकारले पाल्नु पर्यो कि त काम गरेर खान दिनु पर्यो,’ उनले थपे ‘सरकारले अवरोध गरे हामी विद्रोह गछौं ।’ हामी स्वास्थको प्रोटोकल मापलण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गछौं ।
लकडाउनसँगै ग्यारेजमा थन्किएका गाडीहरू खिया लागेर नगुड्ने अवस्था पुगिसके, मजदुर र उसका परिवार खान नपाएर सडकमा छन् । यस्तो अवस्थामा गाडी सञ्चालन गर्नुको विकल्प नहरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस