aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

२१ दिनपछि निषेधाज्ञा केहि खुकुलो, बेलुकी पनि पसल खोल्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ भदौ २०७७
२१ दिनपछि निषेधाज्ञा केहि खुकुलो, बेलुकी पनि पसल खोल्न पाइने

काठमाडौं । भदौ २१ गतेदेखि शुरु भएको काठमाडौैं उपत्यकाका तीन जिल्लामा गरिएको निषेधाज्ञा बुधबारदेखि केहि खुकुलो भएको छ ।उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको संयुक्त बैंठकले २१ दिनदेखिको निषेधाज्ञालाई सहज बनाउने निर्णय गरेको हो । 

काठमाडौं उपत्यकाको जनजीवनलाई केहि सहज बनाउनका लागि यस्तो निर्णय गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उनले भने, 'निषेधाज्ञालाई बाध्य भएर केहि सहज बनाउन पर्ने भएको छ । भिडभाडलाई कम गर्दै जनजीवन केहि सहज बनाउने निर्णय गरको छौं ।’

उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि समय निर्धारण भएको छ । निषेधाज्ञालाई थप खुकुलो बनाउँदै बिहान ११ बजेसम्म डिपार्टमेन्टल स्टोर र सपिङ मल खोल्न दिने तथा  साँझ फेरि ४ बजेपछि पनि सञ्चालनको अनुमति दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले बताए । 
 

प्रतिक्रिया दिनुहोस