
काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा खुकुलो भएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको ब्ुधबार बसेको बैंठकले २१ दिनदेखि जारी निषेधाज्ञा थप खुकुलो बनाएको हो ।
प्रशासनको आदेशमा १६ सिटभन्दा बढी क्षमता भएका सवारी साधन र ट्याक्सीका साथै निजी सवारी साधनहरुमा जोरविजार अनुसार सञ्चालन हुनेछन् । त्यस्तै अत्यवश्यक बस्तु तथा सेवाका लागि विहान ११ बजेसम्म र बेलुकी ५देखि ७ बजेसम्म पसल सञ्चालन गर्न अनुमति दिएको छ ।
प्रतिक्रिया दिनुहोस