aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मोदी सरकारको १० दिन नवित्दै विश्व बैंकको आयो यस्तो प्रतिवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ जेठ २०७६
मोदी सरकारको १० दिन नवित्दै विश्व बैंकको आयो  यस्तो प्रतिवेदन

एजेन्सी । भारतमा मोदी सरकार बनेको १० दिन वित्न नपाउदै विश्व बैंकले आगामी तिन वर्षसम्म भारतले अर्थतन्त्रमा तहल्का मच्चाउने खुलासा गरेको छ । साथै उक्त प्रतिवेदनमा आर्थिक सम्मृद्धिमा चीनलाई समेत उछिन्ने दावी गरिएको छ ।

प्रतिवेदनमा विश्व बैंकले भारतको अर्थतन्त्र संसारकै तिब्र गतिमा बढ्ने अनुमान गरेको छ । सन् २०२१ सम्ममा भारतको आर्थिक वृद्धिदर  चीनको तुलनामा १.५ प्रतिशतले अगाडि रहेको हुनेछ प्रतिवेदनमा जनाइएको छ ।

२०१८ मा चीनको आर्थिक वृद्धिदर  ६.६ प्रतिशत रहेता पनि २०१९ मा  त्यो गति घटेर ६.२ प्रतिशतमा झर्ने त्यस्तै २०२० मा ६.१ प्रतिशत र २०२१ सम्ममा ६ प्रतिशतमा सिमित रहने  विश्व बैंकले आफनो प्रतिवेदनमा  उल्लेख गरेको छ । प्रतिवेदनमा ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको जनाएको छ ।  

प्रतिवेदनमा सन् २०१९/२० मा भारतको आर्थिक वृद्धिदर ७.५ प्रतिशतले बढ्ने र उक्त वृद्धिदर लगातार दुई वर्ष समान रहने प्रतिवेदनमा जनाएको छ । 

प्रतिक्रिया दिनुहोस