aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतीय पर्यटन क्षेत्रमा ६५.५७ अर्ब डलरको नोक्सान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ भदौ २०७७
भारतीय पर्यटन क्षेत्रमा ६५.५७ अर्ब डलरको नोक्सान

एजेन्सी । कोरोना संकटको कारण विश्वभरको पर्यटन क्षेत्र तहसनहर भएको छ । भारतीय उद्योग परिसंघ (सीआईआई) र आतिथ्य परामर्श कम्पनी होटेलिभेटको एक प्रतिवेदनका अनुसार कोरनाको कारण यस क्षेत्रलाई ६५.५७ अर्ब डलर घाटा हुने अनुमान गरेको छ ।

प्रतिवेदनका अनुसार संगठित पर्यटन क्षेत्रलाई मात्र २५ अर्ब डलरको घाटा हुनेछ । पर्यटन उद्योगलाई यसको अस्तित्व बचाउन तत्काल राहत चाहिने बताएका छन् । प्रतिवेदनका अनुसार यो भारतीय पर्यटन क्षेत्रमा सामना गर्ने सबैभन्दा ठूलो संकट हो । यसले आन्तरिक, अन्तर्देशीय र अन्तर्राष्ट्रिय सबै क्षत्रको पर्यटनलाई प्रभावित गरेको छ । लक्जरी, साहसिक, विरासत, क्रुज, कर्पोरेट सबै प्रकारका पर्यटन प्रभावित छन् ।

आगामी बर्षको शुरूसम्ममा होटलहरूमा ३० प्रतिशत मात्र कोठा मात्र बुकिंग हुने अनुमान गरिएको छ । यसले होटलहरूको आम्दानी ८० बाट ८५ प्रतिशतमा घट्ने प्रक्षपण गरिएको छ । प्रतिवेदनका अनुसार यसबाट उद्योगलाई ६५.५७ अर्ब डलरमा संगठित पर्यटन उद्योगले मात्र २५ अर्ब डलर घाटा हुने अनुमान गरिएको छ । 

प्रतिवेदनका अनुसार यस वर्षको जनवरीमा व्यस्त समयमा ८० प्रतिशत कोठा होटेलहरूमा भरिएका थिए । यो फेब्रोअरीमा ७० प्रतिशत, मार्चमा ४५ प्रतिशत र अप्रिलमा ७ प्रतिशतमा झरेको थियो । मे, जून, जुलाई र अगस्टमा दर क्रमशः १० प्रतिशत, १२ प्रतिशत, १५ प्रतिशत र २२ प्रतिशत थियो। प्रतिवेदनमा सेप्टेम्बरमा २५ प्रतिशत, अक्टोबरमा २८ प्रतिशत, नोभेम्बरमा ३० प्रतिशत र डिसेम्बरमा ३५ प्रतिशत हुने अनुमान गरिएको छ। 

प्रतिक्रिया दिनुहोस