aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

आज पनि बढ्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ भदौ २०७७
आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको हो । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार ३ सय निर्धारण गरिएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३१५ मा कारोबार भएकोमा आज तोलामा १० रुपैयाँले बढेर १३२५ कायम भएको महासंघले जनाएको छ ।        

प्रतिक्रिया दिनुहोस