काठमाडाैं । कोरोनाबीमाको मापडदण्डमा भएको व्यवस्थाअन्तर्गत बीमादाविको लागिहालभएको व्यवस्थाहरुमाथप परिमार्जन गरी प्रभावकारी बनाउने सम्बन्धमा बिहीबार बीमा समितिले बीमाकम्पनीका प्रतिनिधि, नेपालउद्योग परिसंघ र नेपालउद्योग वाणिज्य महासंघ, नेपालविमक संघलगायतका संस्थाहरुकापदाधिकारीहरु समक्ष काठमाडौंमा छलफल कार्याक्रमको आयोजना गरेकाे छ ।
छलफलमा २०७७भाद्र २१ गते सम्ममा बीमाकम्पनीहरुमा प्राप्त भएका सबै दाबीहरु मध्ये नेपाल सरकार स्वास्थ्यमन्त्रालयअन्तर्गतका निकायहरुबाट Polymerase Chain Reaction (PCR)परिक्षण भएका दाबीहरुलाई ७दिनभित्र भुक्तानी दिने सहमतिभएको महासंघले जनाएकाे छ ।
बीमादावीको लागि नेपाल सरकार स्वास्थमन्त्रालयअन्तर्गतका निकायहरुबाट Polymerase Chain Reaction Test (PCR Test)गर्दा संक्रमण (Positive)प्रमाणित भएमादावि योग्यहुने व्यवस्थाका सम्बन्धमा छलफल गरिएको थियो ।
त्यसैगरी स्वास्थ्यमन्त्रालयअन्तर्गतकानिकायभन्दाबाहेककको प्रयोगशालाहरुबाट प्राप्तदाविहरुको विस्तृत छानविन गर्न बीमा समितिकाकार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गरी सो समितिको सुझावको आधारमा निर्णय गर्दै जाने सम्बन्धमा बैठकमा सहमतिभएको छ ।
त्यसैगरी स्वास्थ्यमन्त्रालयले नीजिप्रयोगशालाहरुलाई पनिकोरोना परीक्षण गर्न अनुमतिप्रदान गरेको अवस्थामा के कस्तो अण्डरराइटिड प्रकृया अवलम्बन गरी मापदण्ड संशोधनगर्न सकिन्छ भन्ने सम्बन्धमापनिकार्यकारी निर्देशकको संयोजकत्वमा नेपाल सरकार अर्थ मन्त्रालय, स्वास्थ्यतथा जनसंख्यामन्त्रालय र सरोकारवालापक्ष र नीजि क्षेत्र समेतको प्रतिनिधित्व रहने गरी सुझाव संकलन समिति गठन गर्ने र प्राप्त सुझावको आधारमाकोरोनाबीमा मापदण्ड २०७७उपर संशोधनप्रकृया अगाडी बढाउने निर्णय भएको छ ।
कोरोनाबीमा मापदण्ड २०७७ संशोधननभएको सम्मको लागिकोरोनाबीमालेख खरिद गरेकाबीमितहरुलाई नेपाल सरकार स्वास्थ्यतथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायहरु PCR Test गर्न अनुरोध गर्ने सम्बन्धमा छलफल र निर्णय भएको छ ।
साथै, नेपालउद्योग परिसंघको प्रतिनिधित्वगर्दै परिसंघका उपाध्यक्ष सुलभ अग्रवालले निजिक्षेत्रबाट प्राप्त सुझावहरुलाई सकारात्मकरुपमालिइपूर्वाधार सम्पन्न स्वास्थ्य संस्थाहरुलाई PCR Test गर्न दिएमानिजी क्षेत्रले प्रभावकारी रुपमा कार्यसम्पन्न गरी सरकारलाई सहयोग पुर्याउने विचार राखेका थिए ।
प्रतिक्रिया दिनुहोस