
उदयपुर । उदयपुरमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–३ मोतिगडा क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय उदयपुरका अनुसार केहि दिन अगाडी भारतबाट आएर क्वारेन्टाइनमा बसेका त्रिनपा–५ का २१ वर्षीय पुरुष र क्वारेन्टाइनमा डिउटीमा खटेका ४० वर्षीय प्रहरी हवल्दारमा संक्रमण पुष्टि भएको हो ।
२२ जनाको स्वाव संकलन गरी परिक्षणको लागी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएकोमा दुई जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । संक्रमित दुबैजनालाई चौदण्डिगढी नगरपालिका–६ स्थित उदयपुर कोडिभ १९ अस्पताल पठाउने तयारी भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस