aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

के ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका हुन् ?

  • बीबीसी
    बीबीसी
  • विहीबार, २५ भदौ २०७७
के ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका हुन् ?

अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुन दुई महिनाभन्दा कम समय रहेको बेला राष्ट्रपति डोनल्ड ट्रम्पका लागि खुसीको खबर आएको छस् नोबेल शान्ति पुरस्कारका उनको नाम मनोनयनमा परेको छ। नर्वेका एक नेताले ट्रम्पले इजरेल र यूएईबीच शान्ति सम्झौता गर्न भूमिका खेलेको भन्दै उनको मनोनयन गरेका हुन्।

क्रिस्टियन टाइब्रिङ-जेडले फक्स न्यूजलाई भने, “विभिन्न राष्ट्रबीच शान्ति स्थापना गर्न उनले (ट्रम्पले) अन्य कुनै पनि मनोनीत व्यक्तिले भन्दा बढी प्रयास गरेका छन्।” आफू ट्रम्पको समर्थक नभएको बताउँदै उनले भने, “उनले कहिलेकाहीँ गर्ने व्यवहार नहेरी पुरस्कार समितिले तथ्य हेर्नुपर्छ र तथ्यका आधारमा उनलाई विचार गर्नुपर्छ।” मनोनीत हुनु र पुरस्कार पाउनु फरक कुरो हो। नोबेल शान्ति पुरस्कार १३ महिनापछि मात्रै घोषणा हुन्छ।

मनोनयन कसले गर्न पाउँछ ? 

सबै राष्ट्र प्रमुख र राष्ट्रिय स्तरमा सेवा गरिरहेका सबै नेताहरूले नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न पाउँछन्। प्राध्यापक, विदेश नीति अध्ययन केन्द्रका निर्देशक, नोबेल पुरस्कार विजेता र नर्वेको नोबेल शान्ति पुरस्कार समितिमा सदस्यहरू सबैले मनोनयन गर्न पाउँछन्। मनोनयन गर्न निमन्त्रणा चाहिँदैन र फेब्रुअरी १ सम्म गरिएका सबै मनोनयनले मान्यता पाउँछन्। घोषणा हुन बाँकी सन् २०२० को नोबेल शान्ति पुरस्कारका लागि ३१८ वटा नाम मनोनयनमा परेका थिए। समितिले मनोनीत व्यक्तिको नाम सार्वजनिक गर्दैन र त्यो ५० वर्षसम्म गोप्य रहन्छ।

के ट्रम्प यसअघि पनि मनोनित भएका थिए ? 

हो, थिए। अनि यसका लागि उनले टाइब्रिङ-जेडलाई दोस्रो पटक धन्यवाद दिनुपर्छ। सन् २०१८ मा नर्वेका दुई सांसदले ट्रम्पलाई उत्तर र दक्षिण कोरियाबीच शान्तिको प्रयास गरेको भन्दै मनोनयन गरेका थिए। तर उनले पुरस्कार पाएनन्। यस पटक भने ट्रम्पले पुरस्कार पाउन सक्ने टाइब्रिङ-जेडको धारणा छ। अगस्टमा इजरेल र यूएई दौत्य सम्बन्ध सामान्य बनाउने एउटा सम्झौतामा पुगेका थिए जसको जानकारी ट्रम्पले आफ्नो वक्तव्यमार्फत् दिएका थिए। इजरेल र यूएईले "ऐतिहासिक" र शान्तिको दिशामा एउटा सफलता भनेको यो सम्झौता गराउन ट्रम्पले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए। ट्रम्पका विरोधीहरू भने उनी विभाजनमा खेल्ने नेता भएको बताउँछन्।

के अन्य अमेरिकी राष्ट्रपतिहरू मनोनयनमा परेका थिए ? 

ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा पर्ने पहिलो अमेरिकी राष्ट्रपति होइनन्। यसअघि विलियम हवार्ड टाफ्ट, हर्बर्ट हूभर र फ्र्याङ्क्लिन रूजभेल्ट मनोनयनमा परेका छन्। चार अमेरिकी राष्ट्रपतिले नोबेल शान्ति पुरस्कार पाइसकेका छन्। यसअघि थिओडोर रूजभेल्टले सन् १९०६ मा, विड्रो विल्सले सन् १९२० मा, जिमी कार्टरले सन् २००२ मा र बराक ओबामाले सन् २००९ मा यो पुरस्कार जितेका छन्।ओबामाको मनोनयन उनी निर्वाचनमा विजयी भएको केही महिनामै भएकोले उनले केही गरेका छैनन् भनेर त्यसको आलोचना भएको थियो। आलोचना गर्नेमध्ये एक ट्रम्प पनि थिए। उनले सन् २०१३ मा ओबामालाई दिइएको पुरस्कार फिर्ता गरिनुपर्ने माग गरेका थिए। ओबामाले पुरस्कारमा पाएको रकम दान गरेका थिए।

प्रतिक्रिया दिनुहोस