aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. पाण्डे

  • रासस
    रासस
  • विहीबार, २५ भदौ २०७७
भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. पाण्डे

काठमाडौं । चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा राजन पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा पाण्डेलाई नियुक्त गरेको हो । 

यसअघि अस्पतालमा डा. श्रीराम तिवारी मेसु रहेका थिए । यही भदौ २४ गतेको मन्त्रिस्तरको निर्णयबाट उहाँलाई अस्पतालका प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिए । 

प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन डा. पाण्डे नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत थिए । डा. पाण्डे एघारौँ तहका चिकित्सक हुन् । 

प्रतिक्रिया दिनुहोस