aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

अन्तर्राष्ट्रिय उडान संख्या थपिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ भदौ २०७७
अन्तर्राष्ट्रिय उडान संख्या थपिने

काठमाडौं । सरकारले विदेशमा स्वदेश फर्किने नेपालीको दैनिक कोटा बढाउने भएको छ। उडानका शर्तहरु पूरा गरेर आउने नेपालीलाई आउन दिने र सोही आधारमा उडान संख्या थप गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए।

थप उडानका लागि केही शर्त भने पालना गर्नुपर्ने छ। नियमित उडान भएका देशबाट नेपाल एयरलाइन्सले पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएका यात्रुलाई मात्र ल्याउन अनुमति दिनेछ। 

कम्पनीले आफ्नै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा प्राथमिकतामा राखेर उडान अनुमति दिइने छ। सँगै कल्याणकारी कोषबाट उद्धार गर्नुपर्ने अवस्थाका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडान गर्न सक्ने छ। 

नियमित उडान भएका देशमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागको आधारमा उडानको संख्या थप गर्न सकिने गरी उडानको संख्या थप गर्ने सहमति भएको हो। 

‘विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीप्रति सरकार संवेदनशील छ’, मन्त्री भट्टराईले भने, ‘उहाँहरुको स्वदेश फिर्तीका लागि सरकार सक्दो प्रयास गरिरहेको छ।’ 

प्रतिक्रिया दिनुहोस