aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
पशुपतिनाथ मन्दिरको २ सय ३१ रोपनी जग्गा गायब

पशुपतिनाथमा अहिलेसम्म ९ किलो सुन, सवा अर्ब भेटी संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ जेठ २०७६
पशुपतिनाथमा अहिलेसम्म ९ किलो सुन, सवा अर्ब भेटी संकलन

काठमाडौं, जेठ २२ । पशुपतिनाथ मन्दिरका नाममा रहेको करिब २ सय ३१ रोपनी जग्गा गायब भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उक्त जग्गाको कहाँ र कस्ले भोगचलन गरिरकेछ भन्ने खोजी खोजी भइरहेको छ । कोषले बुधबार पत्रकार गर्दै सो जानकारी दिएको हो । 

 कोषका अनुसार पशुपतिनाथ मन्दिरमा भेटी, दान दक्षिण स्वरुप १ अर्ब २९ करोड ३८ लाख ३१ हजार २ सय १५ रूपैयाँ ५२ पैसा नगद विभिन्न बैंकमा मौज्दात रहेको छ ।  उक्त रकममध्ये १ अर्बको अक्षय कोष निर्माण गरिएको र सो अक्षय कोषमा राखिएको रकमबाट प्राप्त हुने ब्याजबाट सामाजिक सेवा एवं विपद्का बेलामा खर्च गर्ने नीति लिइएको कोषले जनाइएको छ । 

पशुपतिको मुल ढुकुटी
पशुपतिनाथ मन्दिरभित्रको मुल ढुकुटीमा रहेका सुन, चाँदी, जवाहरतमध्ये पशुपतिको भण्डार तहसिलबाट प्राप्त तायदाती मुचुल्का अनुसार वि.सं. २०१९ देखि २०६८ सम्म ८ किलो २३२ ग्राम सुन र १७५ किलो ४५८ ग्राम चाँदी मुल ढुकुुुटीमा दाखिला भएको विकास कोषले जनाएको छ । 

वि.स २०६९ देखि २०७५ सम्म कोषको सम्पत्ति संरक्षण महाशाखाको विवरणअनुसार १ हजार ४४. ६४ ग्राम सुन र चाँदी १ लाख ४१ हजार १ सय २८.७५ ग्राम रहेको छ ।  वि.स  २०१९ सालदेखि २०७५ सम्म ९ किलो २७६.६४ ग्राम सुन र ३१६ किलो ५८६ ग्राम चाँदी मुलढुकुटीमा रहेको छ । वि.स २०१९ भन्दा अगाडिको तायदाती मुचुल्का प्राप्त हुन नआएको समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस