aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

७२ श्ययाको कोरोना विशेष अस्पताल सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ भदौ २०७७
७२ श्ययाको कोरोना विशेष अस्पताल सञ्चालन

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पताल आजदेखि सञ्चालनमा आएको छ । एक कार्यक्रमबीच प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललले सो अस्पतालको उदघाटन गरेका हुन् । त्यस अवसरमा प्रदेशसभा सदस्य आइपी खरेल र विजय यादवको पनि उपस्थिति थियो । 

त्यस अवसरमा मन्त्री बरालले कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले सबैको सहयोग खोजेको उल्लेख गर्दै यो महामारीसँग लड्न हरसम्भव प्रयास गरिने बताउनुभयो । सो कोरोना विशेष अस्पतालमा आठ आइसियुसहित ७२ श्यया रहेको छ । निकट भविष्यमै अस्पताललाई १०० श्ययाको बनाइने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

यसअघि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा श्यया अभाव तथा दिगो व्यवस्थापनको समस्यापछि भेरी अस्पतालमा कोरोना विशेष अस्पताल बनाउने निर्णय गरिएको थियो । सोही निर्णयानुसार प्रदेश सरकार र यहाँका सङ्घ–सस्थालगायतको सहयोगमा कोरोना अस्पताल सञ्चालनमा ल्याइएको छ । खजुरास्थित क्यान्सर अस्पताल, कृषि तालिम केन्द्र, लायन्स डेन्टल अस्पताल, कृृषि विकास केन्द्र पिपरीलाई आइसोलेशन सेन्टर बनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस