aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

१३ कर्मचारी विरुद्ध करिब १७ करोडको विगोसहित अदालतमा मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ भदौ २०७७

काठमाडौं । नेपाल सरकारका १३ कर्मचारी विरुद्ध करिब १७ करोडको विगोसहित विशेष अदालतमा मुद्दा दायरा गरिएको छ । विराटनगरका तत्कालीन सिनियर डिभिजनलका तत्कालीन इन्जिनियर काशी प्रसाद गुप्तासमेत १३ जना उपर बिगो १६ करोड ७२ लाख ५६ हजार ४९६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अदालतमा मुद्दा दायरा गरिएको हो । 

संघीय आयोजना कार्यान्वयन इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर (सिडीई) काशी प्रसाद गुप्ताले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जनको आरोप लागेको हो । 

गुप्तालाई उजुरीका आधारमा अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइएको हो । गुप्ता २०३८माघ १२ मा ओभरसियर पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०७६असार ५ मा सिडीई पदबाट अवकाश पाएका थिए । 

तत्कालीन सिडीई काशी प्रसाद गुप्ताले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७७ माघ २९ सम्मको वैध आय १ करोड ११ लाख ६९ हजार ९६२ आर्जन गरेको देखिएको छ ।  र सोही अवधिमा निजले १७ करोड ८४ लाख २६ हजार ४५९ खर्च तथा लगानी गरेको पुष्टि भएको छ ।

१६ करोड ७२ लाख ५६ हजार ४९६ को खर्च तथा लगानीको स्रोत खुल्न नआएको हुँदा त्यस्तो खर्च तथा लगानी निजको पद र हैसियत अमिल्दो र अस्वभाविक देखिएको छ । उच्च जीवनयापन समेत गरेको देखिएकोले आरोपी काशी प्रसाद गुप्ताको सो कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचारजन्य कसुर भए गरेको देखिएको देखिएको छ । 

प्रतिक्रिया दिनुहोस