aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

भारतीय विदेशमन्त्रीले चिनियाँ विदेशमन्त्रीलाई रुसमा किन भेटे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ भदौ २०७७
भारतीय विदेशमन्त्रीले चिनियाँ विदेशमन्त्रीलाई रुसमा किन भेटे ?

मस्को ।  भारतका विदेश मन्त्री एस जयशंकरले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग रुसमा भेटवार्ता गरेका छन। सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को विदेश मन्त्रीहरुको बैठकका क्रममा उनीहरुबीच भेटवार्ता हुन लागेको हो । 

रुसको राजधानी मस्कोमा बिहीबार उनीहरुबीच भेटवार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । भारत र चीनका बीचमा सीमा विवाद चर्किदै गइरहेका बेला ती देशका विदेश मन्त्रीहरुका बीचमा हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

भारतका र चीनको सिमानामा पर्ने लद्दाखका केही ठाउँमा भिडन्त समेत भएका समाचारहरु आएका थिए । गत शुक्रबार पनि भारतीय रक्षा मन्त्री राजनाथ सिंह र चिनियाँ रक्षा मन्त्री जनरल वाई फेङ्गबीच मस्कोमै भेटवार्ता भएको थियो । एएनआई

प्रतिक्रिया दिनुहोस