aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

कस्तो छ आजको मौसम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ भदौ २०७७
कस्तो छ आजको मौसम ?

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आज देशभर पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकाको साथै गण्डकी प्रदेशका एक दुई  स्थानमा अहिले भारी वर्षा भइरहेको छ। 

विभागका अनुसार प्रदेश १, २, बागमती  र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुनसक्ने छ। आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरू आसपास भएर बहने नदीमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। 

प्रतिक्रिया दिनुहोस