aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ भदौ २०७७
नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आज (शुक्रबार) बस्दैछ । असार १८ गतेदेखि अवरूद्ध बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । 

स्थायी कमिटी बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदन प्रस्तावको रूपमा पेस हुनेछ । पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको सुझाव प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हेरफेर गरेर प्रस्तावको रूप दिएका छन् ।

सबै स्थायी कमिटी सदस्यहरूलाई इमेलमार्फत् उपलब्ध गराइसकिएको प्रस्ताव पारित गरेपछि स्थायी कमिटी बैठक आजै टुङ्ग्याउने सम्भावना रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस