aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

ग्लोबल इकोनोमिक फ्रीडम इन्डेक्स सार्वजनिक, हङकङ पहिलो नम्बरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ भदौ २०७७
ग्लोबल इकोनोमिक फ्रीडम इन्डेक्स सार्वजनिक, हङकङ पहिलो नम्बरमा

एजेन्सी । ‘ग्लोबल इकोनामिक फ्रीडम इन्डेक्स २०२०’ मा रहेका देशहरुको सूची सार्वजनिक भएको छ । व्यवसायिक गतिविधिमा स्वतन्त्रता, खुलापन घटेका आधारमा यो इन्डेक्स तयार गरिन्छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार हङकङ र सिंगापुर क्रमशः पहिलो र दोस्रो स्थानमा छन्  । त्यस्तै, चीन यस सूचीमा १२४ औं स्थानमा छ । सूचीमा पहिलो १० देशहरूमा न्युजील्याण्ड, स्विजरल्याण्ड, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, मौरिसस, जर्जिया, क्यानडा र आयरल्यान्ड सामेल छन् । 

जापान सूचीमा २० औं, जर्मनी २१ औं, इटाली ५१ औं, फ्रान्स ५८ औं, रसिया ८९ र ब्राजिल १०५ औं स्थानमा छन् । सबैभन्दा तल रहेका देशहरूमा अफ्रिकी देशहरू, कंगो, जिम्बावे, अल्जेरिया, इरान, सुडान, भेनेजुएला आदि छन् । 

उक्त प्रतिवेदनका अनुसार गत एक वर्षमा सरकारको आकार, न्यायिक प्रणाली, सम्पत्ती अधिकार, विश्वव्यापी रूपमा व्यापार स्वतन्त्रता, वित्त, श्रम र व्यवसायको मापदण्डका आधारमा यो इन्डेक्स तयार पारिन्छ ।  

यो रिपोर्टले १६२ देश र न्यायक्षेत्रमा आर्थिक स्वतन्त्रतालाई मापन गर्दछन ।  त्यो हो यी १६२ देशहरूमा, भारत १०५औं स्थानमा छ । यसमा व्यक्तिगत प्राथमिकताको स्तर, बजारमा प्रवेश गर्ने क्षमता, निजी सम्पत्तीको संरक्षण, कानूनको शासन र अन्य मापदण्ड समावेश गर्ने गरेको  छ । 
 

प्रतिक्रिया दिनुहोस