aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

रियाको जमानतको आग्रह खारेज, अदालतले भन्यो- ‘यो गम्भीर अपराध हो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ भदौ २०७७
रियाको जमानतको आग्रह खारेज, अदालतले भन्यो- ‘यो गम्भीर अपराध हो’

एजेन्सी । सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि गिरफ्तार भएकी रिया चक्रवर्तीको जमानत खारेज भएको छ ।रियासँगै उनका भाइ शोविक चक्रवर्ती, अब्दुल बासित, जैद विलात्रा, दीपेश सावन्त र सामुएल मिराण्डाको पनि जमानत याचिका खारेज भएको छ । अब उनीहरु सबै जना कम्तीमा १४ दिन जेलमै बस्नुपर्नेछ ।

भारतिय सञ्चार माध्यमका अनुसार न्यायाधीश जेबी गुरवले फैसला सुनाउँदै भने ‘यो गम्भीर अपराध हो र यसको जाँच गर्नु जरुरी छ ।’ निर्णय सुनाउने बेला न्यायाधीस जेबी गुरवले यो गम्भीर अपराध भएको बताउँदै यसबारे विस्तृत अनुसन्धानको आवश्यकता भएको बताए ।

अदालतको निर्णयमा रियाका वकिल सतिश मानशिन्देले अर्डरको कपी पाएपछि अगाडिको कदम उठाउने बताए । आफूहरुले अर्को हप्ता हाइकोर्टम अपिल गर्नसक्ने बताए ।

यसअघि मुम्बईको मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टले बिहिबार निर्णय रिजर्भ राखेको थियो । ८ सेप्टेम्बरमा मजिस्ट्रेट कोर्टले जमानत याचिका खारेज भएपछि रियाले मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टमा अपिल गरेकी थिइन् । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले रियालाई ८ सेप्टेम्बरमा गिरफ्तार गरेको थियो । उता प्रवर्तन निर्देशनालय (इडी) ले रियाविरुद्ध नयाँ मुद्दा दर्ता गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस