काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चारवटा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट(मेसू) परिवर्तन गरेको छ । बुधबारको स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट केन्द्रीय कारागार अस्पताल प्रमुखको जिम्मेवारी डा श्रीराम तिवारीलाई दिएको छ ।
डा तिवारी भरतपुर अस्पतालमा कार्यरत थिए । त्यस्तै भेरी अस्पतालमा कार्यरत डा राजन पाण्डेलाई भरतपुर अस्पतालम पठाइएको छ । नेपालगञ्जस्थित सुशील कोइराला प्रखर अस्पतालको निर्देशक पदमा डा कृष्ण आचार्यलाई नियुक्त गरिएको छ । त्यस्तै, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा विश्वराज पौडेललाई भने मन्त्रालयमा काजमा राखेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस