aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ भदौ २०७७
एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । आज सकिएको बैठकले करिब डेढ वर्षदेखि अड्किएको विवादित उक्त परियोजनासम्बन्धी विधेयक अगाडि बढाउने निर्णय गरेको हो।

एमसीसीमा के संशोधन र परिमार्जन गर्ने भन्नेबारेमा पार्टीभित्र थप छलफल गर्ने निर्णय बैठकले गरेको छ। एमसीसीबारे यसअघि पार्टीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको सुझावलाई ध्यान दिएर संशोधन र परिमार्जन गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

साथै बैठकले अध्यक्षद्वयको कार्यविभाजन गर्नुका साथै अन्य करिब १ दर्जन निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस