aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पेट्रोलको मूल्य घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ जेठ २०७६
पेट्रोलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँया घटाएको छ । ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार  पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँयाका दरले समायोजन गरिएको निगमले जनाएको छ । 

मूल्य समायोजनसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य रु ११० प्रतिलिटर कायम भएको छ । भारतीय आयल कर्पोरेशनबाट यही जेठ १८ गते प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थ मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । 

डिजल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। बुधबार मध्यरातबाट लागू हुने गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ। अब पेट्रोल १ लिटरको ११० रुपैयाँ पर्छ।
 

प्रतिक्रिया दिनुहोस