काठमाडौं । काठमाडौंमा घरबेटीले कोठाभाडामा बस्नेको हत्या गरेका छन् । कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले कोठाभाडामा बस्ने बारा कलैया उपमहानगरपालिका–५ घर भएका ४८ वर्षीय शम्भु चौधरीको हत्या गरेका हुन् ।
महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका अनुसार शुक्रबार विहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि घरको सुरक्षाका लागि प्रयोग गरिने आग्लोले हिर्काएका थिए । आग्लोले लागेर गम्भीर घाइते चौधरीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृत्यु भएको हो ।
हत्या आरोपमा महर्जनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस