
काठमाडौं । अर्थ मन्त्रालय सहित सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय समेत सम्हालेका डा.युवराज खतिवडाको कार्यकाल समाप्त भएसँगै अब अर्थ मन्त्रालयको बाघडोर कस्ले सम्हाल्ने चर्चा बजारमा बढ्न थालेको छ ।
यो जटिल परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रको साँचो बुझाउने व्यक्तिको अग्र पङ्तीमा पूर्व अर्थमन्त्री द्वय सुरेन्द्र पाण्डे तथा विष्णु पौडेलको नाम लिन थालिएको छ भने कतिले परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीलाई अर्थमन्त्रीका शक्तिशाली दाववेदार पात्रका रुपमा लिन थालेका छन् । ज्ञवाली प्रमका विश्वास पात्र हुन् । उनै विश्वास पात्रलाई प्रधानमन्त्रीले अर्थमन्त्री बनाउने पार्टीभित्र खासखुस कुरा चल्न थालेको छ ।
तीनमध्ये पाण्डे र पौडेलसँग अर्थ मन्त्रालय सम्हालेको पुरानै अनुभव छ भने अर्का शक्तिशाली दावेदार ज्ञवाली हाल कै वहालवाला मन्त्री हुन् । अहिले उनले पराराष्ट्र मन्त्रालय सम्हालेका छन् भने यस अघि ज्ञवालीले पर्यटन मन्त्रालय सम्हालेका थिए ।
निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई मुख्य आर्थिक सल्लाहकारको रुपमा बालुवाटार राखेर प्रमले आफै पनि अर्थमन्त्रालय सम्हाल्न सक्ने एक पक्षको अनुमान छ भने अर्को पक्षले प्रमका नजिकका विश्वासपात्र अरु कसैलाई मन्त्रालय सुम्पने योजना रहेको बुझेका छन् ।
प्रमको किचेन क्याविनेटका रुपमा रहेका विश्वासपात्रले अर्थ मन्त्रालय सम्हाल्ने जिम्मा दिए घोस्ट अर्थमन्त्रीका रुपमा रहेको खतिवडाले अर्थ मन्त्रालय चलाउने छन् । प्रमले अत्यन्त रुचाएपनि पार्टीभित्रै कै दवाव खप्न नसकेर बाहिरिएका खतिवडाले नै भित्रबाट अर्थ मन्त्रालय सम्हाल्ने छन् ।
झलनाथ खनाल निकट मानिएका पाण्डेको अहिले माधवकुमार नेपाल निकट मानिन्छन् । ओलीले कार्यकर्ता तथा नागरिकको भावना पनि बुझ्ने र अन्तर्राष्ट्रिय समुदायलाई पनि कन्भिन्स गर्न सक्ने अर्थ राजनीतिक पात्रका रुपमा पाण्डेलाई अर्थ मन्त्रालयको बाघडोर सुम्पिन चाहेको सन्देश पटक पटक दिईसकेका छन् । पाण्डेले पनि आफू गुट भन्दा माथि उठेर काम गर्न तयार रहेको सन्देश बालुवाटार पुर्याइसकेका छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका पार्टी महासचिव विष्णु पौडेलले अर्थमन्त्री पाउने विश्वास गरेका छन् । उनले ओली र प्रचण्डसँग अर्थ मन्त्रालय सम्हाल्ने औपचारिक प्रस्ताव नै राखिसकेका छन् । तर, विषयगत ज्ञानको अभाव, विवादित पात्र, पार्टीको जिम्मेवारी तथा अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिन सक्ने अवस्था नरहेको भन्दै उनलाई अर्थमन्त्री बनाउन त्यति उपयुक्त नहुने देखिएको एक पक्षले बताइरहेको छ ।
अर्थ मन्त्रालय भनेको प्रमको विश्वास पात्रलाई दिनुपर्ने भन्दै हाल परराष्ट्र मन्त्रालको जिम्मेवारीमा रहेका प्रदिप ज्ञवाली अर्थ मन्त्रालय जिम्मा लगाउने सोचमा प्रम ओली छन् ।
प्रतिक्रिया दिनुहोस