aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

भारतीय वायुसेनाले राफेल उडाएपछि चीनलाई चुनौती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ भदौ २०७७
भारतीय वायुसेनाले राफेल उडाएपछि चीनलाई चुनौती

एजेन्सी । गत आइतबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले राफेल लडाकु विमान वायुसेनामा सामेल भएको सन्देश दिएका छन् । उनले राफेल भारतीय सेनामा सामेल हुनु भनेको विश्वको लागि एउटा कडा चुनौती हो ।  

भारतको सम्प्रभुता रक्षाको लागि यो ठुलो जित हो । यो लडाकु विमान यस्तो समयमा आएर भारतीय वायुसेनाले स्विकारेको छ । जब भारत र चीनबिच सीमा विवादलाई लिएर चर्को विवादमा फसेका छन् । विवाद चर्किरहेकाबेला भारतिय वायुसेनाले राफेल उडाएर चीनाई चुनौती दिएरको भन्न थालिएको छ ।  धेरै सामाजिक सञ्जाल र अनरष्ट्रिय सञ्चारमा भारत सामेल गरिएको राफेल चीनको चेङदुजे२० सँग तुलना गर्न थालिएको छ । 

चीनले आफूसँग रहेको उक्त विमान अमेरिका बाहेक अन्य कुनै मुलुकमा नरहेको दाबी गरेको छ । भारतले भने आफूसँग रहेको राफेल विश्वमा भएका लडाकु विमान मध्ये उत्कृष्ट र भरपर्दो रहेको दाबी गरेको छ । 

प्राविधिकहरूको विश्लेषणमा राफेल परमाणु मिसाइल प्रहार गर्नका लागि उत्तम मानिन्छ । यसले हावामा डेढ सय किलोमिटरसम्म प्रहार गर्छ । भने जमिनमा ३ सय किलोमिटरसम्म प्रहार गर्न सक्छ । 

त्यसैगरि, चीनले प्रयोग गरिरहेको लडाकु विमानको भने कति टाढासम्म प्रहार गर्न सक्छ भन्ने सार्वजनिक गरिएको छैन । 


 

प्रतिक्रिया दिनुहोस