काठमाडौं । भक्तपुरमा एउटै घरमा तीन जनाको शव भेटिएको छ । प्रहरीका अनुसार एकाघर परिवाकै श्रीमान, श्रीमती र छोराको शव भेटिएको हो ।
शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्तको शव मृत फेला परेका हो ।
साथै एउटा कुकुर पनि मरेको अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएकाे छ । अहिले घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखाको टोली र भक्तपुर प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।
शव गन्हाइरहेको अवस्थामा रहेकाले केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले हत्या आशंकामा अनुसन्धान अगाडि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस