aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

खानी उत्खननमा आकर्षण बढ्दै, गत आवमा स्थापना भए ४ सयभन्दा बढी उद्योग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ भदौ २०७७
खानी उत्खननमा आकर्षण बढ्दै, गत आवमा स्थापना भए ४ सयभन्दा बढी उद्योग

काठमाडौं । पछिल्लो समय नेपाली खानीप्रति स्वदेशी तथा विदेशी कम्पनीको उत्खनन तथा खोजतलासका लागि चासो बढ्दै गएको छ । सरकारले आर्थिक वर्ष २०७६/ ७७ मा देशका विभिन्न स्थानमा ४०७ ओटा खानी  उत्खनन तथा खोजतलास सम्बन्धी उद्योगहरूले अनुमति लिएका छन् । आव २०७५/७६ को तुलनामा आव २०७६/७७ मा नेपाली खानी उत्खनन तथा खोजतलासका लागि आउने कम्पनीको संख्या बढको छ । आव २०७४/७५ मा १२६ वटा खानी उत्खनन तथा खोजतलासका लागि स्थापना भएको खानी तथा भूगर्भ विभागको तथ्यांक छ । 

खानी तथा भूगर्भ विभागले गत आवमा देशभरका विभिन्न स्थानमा उद्योग स्थापनाको अनुमति दिएको हो । विभागले ४०७ ओटा खानी उत्खनन तथा खोजतलास गर्न स्वदेशी तथा विदेशी कम्पनीलाई अनुमति दिएको हो । त्यसमध्ये १४९ ओटालाई उत्खनन र २५८ ओटा खानी खोजतलासका लागि अनुमति दिएको विभागका महानिर्देशक रामप्रसाद घिमिरले जानकारी दिए । 

अनुमति लिएका उद्योगहरूमा सुनदेखि क्वार्जसम्म रहेका छन् । सुन तथा क्वार्ज खोजतलासको लागि दुई÷दुई वटा उद्योग स्थापना भएको छ । खोजतलासका लागि चुनढुंगा १६२, फलाम दुई, तामा तीन, डोलोमाइट नौ, सुन दुई, ग्रेनाइट दुई, क्वार्जजाईट २७, काँच २७, टुर्मालिन चार, क्वार्ज दुई, टल्क पाँच ओटा कम्पनीलाई अनुमति दिएको विभागले जानकारी दिएको हो ।

उत्खननतर्फ कोइला १०, आइरन दुई, काइनाइट आठ, लिड तीन, चुनढुंगा ७२, क्वार्जजाइट १६, म्याग्नेसाइट एक, मार्बल दुई, क्वार्ज चार, रातोमाटो पाँच, टल्क धातु १२, टुर्मालिन आठ, जिंक एक र डोलोमाइट दुई ओटा छन् ।   विभागले आव २०७६÷७७ मा ८४ करोड ७३ लाख ४८ हजार र अघिल्लो आवमा  ७७ करोड ३ लाख राजस्व आम्दानी गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस