aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

आत्महत्या गर्ने सोच किन आउँछ, यसलाई रोक्न सकिदैन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ भदौ २०७७
आत्महत्या गर्ने सोच किन आउँछ, यसलाई रोक्न सकिदैन ?

काठमाडौं । सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकावट दिवस संसारभर मनाइयो । यस दिनलाई मनाउने पछाडिको कारण मानिसहरूलाई आत्महत्याकाबारे सचेत गराउनु यस दिवसको मुख्य उद्देश्य जनचेतना बढाउनु हो । 

जसरी आत्महत्याका घटनाहरू हाम्रो वरिपरि बढ्दैछन्, जागरूकता अझ महत्वपूर्णर अत्यावश्यक हुँदै गइरहेको छ ।  एक व्यक्तिको दिमागमा किन आत्महत्याको विचार आउछ भन्ने मनोवैज्ञानिक भाव बुझ्न र जानकारी पाउन नै कठिन हुन्छ ।  

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार हरेक वर्ष विश्वभरमा लगभग १० लाखभन्दा बढी मानिसहरुले आत्महत्या गर्छन् । हरेक २० सेकेण्डमा एकजनाले आत्महत्या गर्छ । 

नेपालमा आर्थिक वर्ष ०७५र०७६ मा पाँच हजार सात सय ५४ वटा आत्महत्याका घटना भएको प्रहरी तथ्याङ्कमा छ भने चालु आर्थिक वर्षका सुरुवाती दिनमा आत्महत्याका घटना औसत भए पनि कोरोना महामारीपछिको लकडाउनका बेलामा यो संख्या ह्वात्तै बढेका छन ।

गत वर्ष अथवा लकडाउन हुनुपूर्वको अवधिमा ३ हजार ५ सय २४ जनाले आत्महत्या गरेको पाइएको छ । लकडाउनको अवधिमा मात्रै २० हजारभन्दा बढीले आत्महत्या गरिसकेका छन् ।
 
आत्महत्याको विचार किन आउँछ 
 आत्महत्या आफैमा मानसिक रोग होइन । त्यहाँ पछाडि धेरै कारणहरू हुनसक्छन् । जस्तै डिप्रेसन, बाइपोलर डिसआर्डर, पर्सनालिटस् डिसअर्डर, अचानक घटनाको मानसिक प्रभाव र अन्य तनाव यस समस्याको साथ संघर्ष गरिरहेका व्यक्तिहरू प्रायः उदास र नकारात्मक विचारबाट ग्रस्थ हुन्छन् । यस्तो परिस्थितिहरूको अगाडि उनीहरु यसत असहाय महसुस गर्छन् कि उनीहरूको दिमागमा आत्महत्यासम्म विचार आउन थाल्छ ।

के यी संकेतहरूले चेतावनी दिन्छ
 कुनै व्यक्तिले आत्महत्या जस्तो ठूलो कदम तत्कालै चाल्दैन । यसको पछाडि धेरै कारणहरु हुनसक्दछन्। मानिस निरास भइरहेको उसका केहि बानिले संकेत गनए सक्दछ । जस्तै आवश्यकताभन्दा बढी कुराकानी गर्नु, कुराकानी गर्दा अनावश्यक विषयमा रिसाउनु, सधै निराश रहेनु, छिनछिनमा मुड बदल्ने, भविष्यको बारे डराउने, निन्द्रा नआउनु, यी सबै लक्षणहरूले कोहि मानिस धेरै तनावकाबीचमा रहेको छ भन्ने बुझ्न सकिन्छ ।  

धेरै कारणहरुमध्ये 

  • परिस्थितिजन्य कारण
  • मानसिक वा भावनात्मक कारण
  • परिस्थितिजन्य कारण
  • सम्बन्ध विच्छेद
  • पारिवारिक समस्या
  • शारीरिक समस्या (कुनै जटिल रोग)
  • लागू औषध दुव्र्यसन
  • भयंकर दुःख या क्षति (प्रियजनको मृत्यु, साथी, पारिवारिक सदस्य वा सामाजिक व्यक्तित्व (जसलाई आफूले विशेष ठानेको हुन्छ) उसको आत्महत्याको खबर
  • रिसको आवेगमा
  •  जिज्ञासाको कारण (बालबालिकामा हुन सक्ने)
  •  स्कुल वा कार्यक्षेत्रमा समस्या
  • बेरोजगारी
  • आर्थिक तथा कानुनी समस्या
  • कुनै पनि समस्या जसको समाधान कतै पनि देखिदैन्
  • मानसिक वा भावनात्मक कारण
  • निराशावादी चिन्तन
  • समस्यामा जेलिएको महसुस गर्नु
  • जीवनप्रतिको अवमूल्यन
  • बाँच्नुको औचित्य नदेख्नु
  • जीवनमा कुनै उद्देश्य नहुनु
  • मानसिक समस्या (डिप्रेशन, बाइपोलार डिसअर्डर, सिजोफ्रेनिया)
  • बढी खाने वा नखाने समस्या (इटिङ डिसअर्डर)

केहि अवस्थाहरूमा आत्महत्या गर्ने सोच राख्ने व्यक्ति पनि यसका लागि पूर्ण तयारी गर्दछ ।  जस्तै परिवार र साथीभाइलाई व्यवसायमा समावेश गर्ने, इच्छाशक्ति तयार पार्ने वा सुसाइड नोट लेख्ने, बन्दुक वा विष जस्ता चीजहरूको जोहो गर्नेगर्छ । सबैभन्दा महत्वपूर्ण कुरा ध्यान दिनुहोस् कि आत्महत्याको बारेमा सोच्ने ५० देखि ७० प्रतिशत व्यक्तिले आफ्नो साथी वा आफन्तलाई केहि न केहि संकेत भने गरेका हुन्छन् । 

आत्महत्या रोक्न सकिन्छ 
 आत्महत्या निश्चित रूपमा रोक्न सकिदैन तर पहिलेका विचारहरू र आत्महत्याका संकेतहरू बुझेर सही कदमहरू लिनका लागि तयार गर्न भने सकिन्छ । अनुसन्धानले देखाए अनुसार आत्महत्या रोक्नको उत्तम उपाय भनेको यसको लक्षणहरु, डिप्रेसन अर्डरका लक्षणहरुलाई पहिचान गरेर बेलैमा उपचार गराउनु नै हो । यस्ता लक्षण भएका व्यक्तिलाई समयमा उपचार गर्न सकिन्छ ।
 
आत्महत्याको विचार आउँदा के गर्ने ?
 धेरै व्यक्ति कुनै मानसिक समस्यालाई रोग मान्दैनन् । र डाक्टरलाई सम्पर्क गर्नबाट टाढा बस्छन् । यो नै कारण हो जुन डिप्रेसनको समस्या बच्चाहरूदेखि बुढेसकालमा छिटो फैलिरहेको छ । हालको महामारीका कारणले पनि डिप्रसनका अर्डरका विरामी विश्वभरी नै बढीरहेका छन् । यसका कारण पनि निरन्तर नकारात्मक र आफैलाई चोट पु¥याउने विचारहरू लगातार पैदा भइरहेका छन् ।

यदि कसैलाई यस्ता खालका विचार लगातार आइरहेका छन भने डाक्टरलाई तुरून्त सम्पर्क गर्नुपर्नेछ । यस बाहेक, तपाईंले आफ्नो समस्याको बारेमा आफ्नो नजिकका साथीहरू वा परिवारका सदस्यहरूसँग कुरा गर्नुपर्छ।
 
आत्महत्याको सबभन्दा ठूलो कारक तत्व भनेको डिप्रेशन हो । हालसम्मको रिसर्चअनुसार आत्महत्या गर्ने व्यक्तिमध्ये ८० प्रतिशत डिप्रेशनको शिकार भएको पाइएको छ । डिप्रेशनको औषधि खाइरहेको बेलामा आत्महत्याको विचार घट्नुको सट्टा झन बढ्न सक्छ ।  साथी र परिवारसँग निरन्तर सम्पर्कमा रहनुहोस्, तपाइँका समस्याहरू छलफल गर्नुहोस् र खुला रूपमा उनीहरूको मद्दत लिनुहोस् ।

 एक्लोपनबाट बच्न पुस्तकहरू पढ्नुहोस्, योग गर्नुहोस्, राम्रोसँग सुत्नुहोस्, रक्सी र लागूऔषधको सेवनबाट जोगिनुहोस् ।  यदि तपाईं मानसिक समस्याको संघर्ष गर्दै हुनुहुन्छ जुन तपाईं कसैसँग  कुरा गर्न सक्नुहुन्न भने टल्क थेरापी थेरापी लिनुहोस् र तुरुन्तै मनोचिकित्सकलाई सम्पर्क गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस