aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

करेन्ट लागेर दुई सैनिकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ भदौ २०७७
करेन्ट लागेर दुई सैनिकको मृत्यु

चितवन । करेन्ट लागेर दुई जना सैनिकको मृत्यु भएको छ । चितवनको शक्तिखोरमा रहेको सिंहनाथ गणमा कार्यरत दुई सैनिक जवानको शनिबार करेन्ट लागेर मृत्यु भएको हो। 

चितवन प्रहरीका अनुसार मृत्यु हुनेमा गोरखा घर भएका सुवेदार राजुबाबु श्रेष्ठ र सैनिक जवान साजन कुमाल रहेका छन् । रुखको हाँगा काट्न चढ्दा प्रयोग गरिएको भर्याङ चिप्लिएर तारमा ठोक्किन पुग्दा भर्याङ समाउने श्रेष्ठ र कुमालको मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस